जागरण मिडिया सेन्टर

Home » अन्य » दलितलाई कोठा नदिने काठमाडौकी घरबेटी बिरुद्ध मुद्दा दायर, घरबेटी प्रहरी थुनामा ।

दलितलाई कोठा नदिने काठमाडौकी घरबेटी बिरुद्ध मुद्दा दायर, घरबेटी प्रहरी थुनामा ।

Advertisements

जागरण मिडिया सेन्टर ।
२३ फागुन २०७४ काठमाडौं।

20992796_108892579842557_5516928762961139547_n

दलित भनेर जातयि बिभेद गर्नै काठमाडौकी घरबेटीमाथि मुद्धा दायर भएको छ । कोठाको बैना लिएर पछि दलित भन्दै कोठा भाडामा दिन नमान्ने काठमाडौँको थापागाउँ स्थति कमला गौतम उपर जातिय भेदभाव तथा छुवाछूत कसुर अन्र्तगत मुद्दा दायर भएको हो ।
पिडित विक्रम सुनार र मिलन विश्वकर्माले घरबेटी कमला गौतम उपर मंगलबार महानगरिय प्रहरि बृत नयां बानेश्वर तिनकुनेमा उजुरि दिएको आधारमा प्रहरीले बुधबार गौतमलाई उनको घरबाटै पक्राउ गरि अदालतमा पेश गरेको थियो ।
प्रहरी बृतका अनुसंन्धान अधिकृत पोषण राज ढकालका अनुसार आरोपित घरबेटी गौतमलाई घटनाबारे थप अनुसंन्धानका लागि चार दिन प्रहरीको थुनुवा कक्षमा राखिएको छ । पिडित बिश्वकर्मा र सुनार पत्रकार हुन ।
मुद्दा दर्ता गर्न सुरुमा प्रहरीले नमानेको र मेलमिलाप गर्न दबाव दिएकाले आफुहरुलाई थप पिडा भएको पिडितहरुको भनाई थियो । सहजै मुद्दा दर्ता गर्न प्रहरीले नमानेपछि दवाबका लागि भन्दै बुधबार बिहानै दलित संघसस्थाका पदाधिकारी, दलित अधिकारकर्मी, पत्रकार सहितको टोली प्रहरी कार्यालय तिनकुने पुगेको थियो ।

राजधानी जस्तो ठाँउमा दलित भएकै कारण कोठा नदिनु घरबेटीको पाखण्डीपन र दलित समुदायमाथि घिर्णाको दृष्टी अझै नहटेको दलित अधिकारकर्मीहरुको भनाई थियो । पत्रकार जस्तो सम्म्मानित पेशमा आबद्ध भएका ब्यक्तीहरुलाई समेत यसरि जातिय विभेद हुन्छ भने देशका कुनाकन्धरामा दलित समुदायको अवस्था कस्तो भनि दलित अधिकारकर्मीहरुले दुखेसो पोखे ।

काठमाडौंमा घरबेटीले दलित पत्रकार माथि गरेको जातिय विभेदको घटना अत्यन्तै दुखत र अन्यायपुर्णसंगै सिंगो दलित सुमदायमाथि विभेद भएको भन्दै दोसी उपर कानुन बमोजिक कारवाही हुनुपर्ने दलित एनजियो फेडेरेसन डिएनएफका उपाध्यक्ष शुसिल बिश्वकर्माले बताए । जातिय विभेद तथा छुवाछूतका घटनामा कतिपय सन्र्दभमा कानुन प्रयाप्त नहुँदा पिडितले न्याय नपाइरहेको अवस्थामा त्यस्ता ऐन कानुन संशोधन हुनुपर्ने उनको भनाई छ ।

शिक्षित र चेतनशिल ब्यतmीहरुको शहर भनेर चिनिने काठमाडौंमा तिनै शिक्षत ब्यतmीबाट जातिय विभेद जस्तो अमानविय दुब्र्यहार हुनु लाजमर्दो कुरा भएको भन्दै संचारकर्मी तथा दलित महिला अधिकारकर्मी सरु सुनारले घटनाको चर्को बिरोध गरिन । घटना लगत्तै आफु त्यसको बिरोधमा उत्रेको र पिडित पत्रकार द्धय बिश्वकर्मा र सुनारले न्याय नपाएसम्म यो न्यायको लडाई निरन्तर जारि रहने उनको भनाई छ ।

28871009_195817767858881_348755979130547954_n
जातिय विभेदका घटनामा पिडितले कमै न्याय पाएका घटनाहरु भएकाले जातिय विभेद गर्ने घरबेटी गौतम बिरुद्धको मुद्दा अदालत पुगिसकेकाले त्यहाँबाट सहि न्याय हुनेमा दलितअधिकारकर्मी तथा पिडित द्धय पत्रकार बिश्वस्त छन् ।
घटना कसरि भयो ?
गत फागुन ५ गते गौतमको घरमा कोठा भाडामा बस्न गएका पत्रकार द्धय बिश्वकर्मा र सुनारबाट घरबेटीले बैना स्वरुप २५ सय रुपैया लिएको र पछि २० गते सामान सहित कोठामा बस्न जाँदा दलितलाई कोठा दिने गरेका छैनौ भनेपछि विबाद उत्पन्न भएको थियो ।

कोठा भाडाको बैना आफूहरुले दिइसकेकोले बस्न पाउनु पर्ने पिडितले बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डीएसपी र एसएसपी भएको बताउँदै उल्टै धम्की दिएको पिडितले बताएका छन् । त्यसपछि घटनाबारे पिडितले पत्रकार सम्मेलन गरि सबैलाई जानकारी दिएपछि न्यायका लागि सबैतिरबाट आवाज उठ्न थालेको हो ।
जातिय विभद तथा छुवाछूत गर्नेलाई कस्तो सजायको कानुनी ब्यवस्था छत ?
मान्छेलाई जातका आधारमा गरिने विभेद बिरुद्ध नेपालमा ऐन नै बनेको छ । जुन चाहिं जातिय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ हो । यसमा भएको ब्यवस्था अनुसार :-

  • ३ महिनादेखि तीन वर्षसम्म कैद वा पाँच सय देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
  • त्यसैगरि, जातिय भेदभाव वा छुवाछूत गर्न मद्द गर्ने, दुरुत्साहन गर्ने, उक्साउने, वा त्यस्तो कार्य गर्न उद्योग गर्ने ब्यक्तीलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुन सक्छ ।
  • यस्तै, सार्वजनिक पद धारण गरेको यस ऐन बमोजिमको कसुर गरेमा निजलाई अन्य ब्यतmीलाई हुने सजायमा थय पचास प्रतिसत सजाय हुने ब्यवस्था गरेको छ ।
  • त्यसैगरि, यस ऐन बमोजिमको कसूरको अनुसंन्धान तहकिकातको काममा कसैले बाधा बिरोध गरेमा निजलाई सो अनुसंन्धान तथा तहकिकात गर्ने अधिकारीको प्रतिबेदनको आधारमा अदालतले कसूरदारलाई हुने सजायको आधा सजाय गर्न सक्नेछ ।
  • त्यस्तै, ऐन बमोजिम कसूरु गरेको ठहरिएमा अदालतले कसुरदारबाट पीडितलाई पच्चिस हजार रुपैंया देखि एक लाखसम्म क्षतिपुर्ती भराईदिन सक्नेछ ।
  • त्यसैगरि, क्षतिपुर्ती बाहेक कसूरदारले पीडितलाई कुनै हानी नोक्सानी पुर्याएको रहेछ भने अदालतले सो को प्रकृतीको आधारमा उपचार खर्च वा थप हानी नोक्सानीको मानसिव रकम कसूरदारबाट पीडितलाई भराउने आदेश दिन सक्नेछ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: